सुनसरीको पुरानो बजार मानिने दुहवीमा नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनको को नगर कार्यसमिती गठन गरिएको छ ।
नव गठित समितिको उपाध्यक्षमा सकिला खातुन, सचिवमा मुकेश कुमार हलुवाई, कोषाध्यक्षमा रहमुद्धिन मिया चयन भएका छन् भने सदस्यहरुमा जयराम हलुवाई, अभिरुन खातुन, रहमतुल्ला मिया, बनिता पासपान, फतया खातुन, खातुन मियानी र सकिना खातुन चयन भएका छन् ।
स्वतन्त्र रुपमा दुहवी नगरपालिका पछाडी भेला भएका सडक व्यापार श्रमिकहरुको शुक्रबार बसेको एक भेलाको शिव साहको नेतृत्वमा ११ सदस्यीय कार्यसमिती चयन गरेको हो ।
श्रमिकहरुको भेलामा बोल्दै कार्यक्रमका प्रमुख अथिती तथा संगठनका केन्द्रिय उपमहासचिव प्रदिप तामाङ्गले संगठीत भएर अघि बढेको खण्डमा सडक व्यापार श्रमिकहरुको साथमा संगठन समेत हुने भएकाले संगठनमा आवद्ध भएकोमा श्रमिकहरुलाई स्वागत गरेका थिए ।
उनले दुहवी सुनसरीकै पुरानो इतिहाँस बोकेको शहर भएको हुनाले त्यहाँको बजारलाई र साप्ताहिक हटियालाई व्यवस्थित गर्न स्थानीय सरकारलाई दवाव दिने र श्रमिकका हक र अधिकारको लागि संगठनबाट संग संगै लड्ने बताए ।
यस्तै स्वतन्त्र सडक व्यापार श्रमिक संगठनकी केन्द्रिय सदस्य संगीता कार्कीले हरेक श्रमिकले आफ्नो सोचमा परिवर्तन ल्याउने समय भएको बताइन । उनले इटहरीमा आफुहरुले संगठनको माध्यमबाट जाँदा श्रमिकका लागि ठुलो युद्ध जितेको बताउँदै अव दुहवीमा श्रमिकका लागि लड्ने बेला आएको र त्यसमा एक भएर अघि बढ्न दुहवीका सडक व्यापार श्रमिकहरुलाई आग्रह गरिन ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग मजदुर संगठनका अध्यक्ष सत्यनारायण चौधरीले अनौपचारिक क्षेत्रमा का मगर्ने श्रमिकका लागी समेत सरकारले सामाजिक सुरक्षा कोषको अवधारणा ल्याउन दवाव दिनुपर्ने बताए ।
कार्यक्रममा दुहवी ९ की पुर्व वडा सदस्य जैनव खातुन, मुस्लिम कृषि समुहका अध्यक्ष महम्मद ताहिर मिया लगायतको उपथिती रहेको थियो ।
दुहवी नगरकमिटीका नव गठित समितीका अध्यक्ष शिव शाहले दुहवीमा सन्चालन भएको पुरानो गुद्रि बजारलाई व्यवस्थि तगर्न माग गरेका थिए
नेपाल स्वतन्त्र सडक ब्यापार संगठन सुनसरी जिल्ला कमिटी अध्यक्ष ज्ञान बहादुर खङ्का को अध्यक्षता तथा प्रमुख अतिथि एकीकृत ट्रेड युनियन महासंघ १ नः प्रदेश उप सचीव तथा नेपाल स्वतन्त्र सडक ब्यापार श्रमिक संगठन केन्द्रिय कमिटी उप महासचिव प्रदीप तामाङ साथमा बिशिस्ट अतिथि नेपाल उद्योग मजदुर संगठन केन्द्रिय कमिटी महासचिव सत्यनारायण चौधरी अतिथि नेपाल १ नः प्रदेश सदस्य तथा नेपाल स्वतन्त्र सडक ब्यापार श्रमिक संगठन केन्द्रिय सदस्य सरिता कार्की, प्रदेश उप अध्यक्ष मो– इजयास जिल्ला कमिटी सचिव जिल्ला कमिटी कोषअध्यक्ष नगर कमिटीको पदा अधिकारी सहितको उपस्थितीमा भएको कार्यक्रम संचालन प्रदेश सदस्य तथा नगर कमिटी सचिव दिनेश ठकुरि गर्नु भएको थियो

0 Comments