रामधुनी नगरपालिका वडा नम्बर ५ मा रहेको पिंक लोटस इंग्लिस स्कुलले आफ्नो १९ औँ बार्षिक दिवस शुक्रबार मनाएको छ ।
रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाको प्रमुख आतिथ्य तथा नगरपालिका शिक्षा शाखा अधिकृत राजन गेलाल तथा इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक गजेन्द्र रायमाझिको उपस्थितीमा विद्यालयले आफ्नो अभिभावक दिवस मनाएको हो ।
ऋभिभावक दिवसको अवसरमा विद्यालयले वि स २०७२ देखि २०७८ सम्मको एसइइ परिक्षामा विद्यालयको तर्फबाट उत्कृष्ट अंक ल्याउने छात्र तथा छात्रालाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । विद्यार्थीहरुलाई विद्यालयका अध्यक्ष रमेश कार्की तथा प्रद्यानाध्यापक बाबुराम खड्का र प्रमुख अतिथी तारा थापाले खादा सहित सम्मान गरेका थिए ।
अभिभावक दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा नगर उपप्रमुख तारा थापाले विद्यार्थीहरुलाई अंग्रेजी भाषासँगै नेपाली भाषामा समेत दख्खल बनाइनु पर्ने धारणा राखेकी थिइन भने विदार्थीलाई अभिभावकले घरमा समेत कम्तीमा दैनिक आधा घण्टाको समय छुटाएर होमवर्क लगायतका विषयमा चासो राख्नुपर्ने थाापाको भनाई थियो ।
कार्यक्रममा झुम्का जेसिसका अध्यक्ष कमला कार्की थापाले शिक्षण सिकाईलाई प्रभावकारी बनाउने काममा पिंक लोटसको भुमिका अव्वल रहेको भन्दै प्रशंसा गरेकी थिइन ।
अभिभावक दिवसको अवसर पारेर विद्यार्थीहरुले बिभिन्न गीत तथा नृत्य प्रस्तुत गर्दै अभिभावकहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।


0 Comments