इटहरीको तरहरामा रहेको किड्स ह्याप्पि होमले कक्षा ५ को अध्ययन सकाएर निम्न माध्यमिक तहको अध्ययन गर्न जाने आफ्ना विद्यार्थीलाई सोमबार विदाई गरेको छ । 

सामान्य तया स्नातक तथा स्नातकोत्तरको अध्ययन सकेर गराईने ग्राजुएसन समेत किड्स ह्याप्पि होमले कक्षा ५ सम्पन्न गर्ने बिद्यार्थीहरुलाई सोमबार गराएको छ । 

प्लेबेस लर्निङ्गका माध्यमबाट कक्षा ५ सम्म अध्ययन गराईरहेको मन्टेश्वरी किड्स ह्याप्पि होमले आफुले अध्ययन गराएका दोस्रो व्याचका विद्यार्थीलाई ग्राजुएसन गराएको हो । 

ऋभिभावक दिवस तथा दोस्रो ग्राजुएसनका कार्यक्रम विद्यालयका अभिभावकले खचाखच थियो भने विद्यार्थीको उत्साह र हौसलाले कार्यक्रमलाई झनै रोचक बनाएको थियो । 

कक्षा प्लेग्रुप देखि कक्षा ५ सम्मका विद्यार्थीले पस्केको मौलिक भेषभुषा सहितको नृत्य र सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

लोभलाग्दो तोते बोलीका बालबालिकाले सांगीतिक प्रस्तुती प्रस्तुत गर्दै गर्दा सुनसरीमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारीको रुपमा आएकी कार्यक्रमकी प्रमुख अतिथी होमकला पाण्डे पनि मख्ख थिइन । 

प्रमुख आतिथीको मन्तव्य व्यक्त गर्दै पाण्डेले विद्यालयले पढाईसँग बालबालिकालाई अतिरिक्त क्रियाकलाप सिकाएको र उत्कृष्ट बनाएको भन्दै विद्यालयको प्रशंसा गरिन । कार्यक्रममा अर्का अतिथी तथा वक्ता सुनसरी प्रहरी प्रमुख एसपि प्रभु ढकालले समेत आफुले बालबालिकाको प्रस्तुतीमा मज्जा लिएको बताए । 


कार्यक्रममा अभिभावकको रुपमा तरहरा जेसिसका बर्ष २०२३का अध्यक्ष बहादुर तामाङ्गले समेत किड्स ह्याप्पि होमले बालबालिकालाई राम्रो सिप सिकाएको भन्दै प्रशंसा गरेका थिए । 

कार्यक्रममा किड्स ह्याप्पि होमका प्रबन्ध निर्देशक सुनिल भुषालले उपस्थित अथिती तथा अभिभावकलाई स्वागत गरेका थिए भने प्रिन्सिपल रिता आचार्य भुषालले अभिभावकले विद्यार्थीको लागि मोवाइल फोन निषेध गरेर दैनिक एक घण्टा होमवर्कमा सहयोग गर्न सके सुरक्षित भविश्य निर्माणको लागि विद्यालयले सहयोग गर्ने बताएकी थिइन । उनले समय समयमा बालबालिकाको पढाईको प्रगती बारे जान्न विद्यालयमा सम्पर्क गर्न समेत अभिभाकलाई आग्रह गरिन । 

इटहरी २० का वडा अध्यक्ष एंव किड्स ह्याप्पि होमका अध्यक्ष मणिराम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कक्षा प्ले गूपदेखि नर्सरी, एलकेजी , युकेजी हुँदै कक्षा ५ सम्मका विद्यार्थी भाइवहिनीले ड्रामा, गीत तथा नृत्य प्रस्तुत गरेका थिए