रामधुनी नगरपालिका वडा नम्बर ५ मा रहेको लर्ड बुद्ध इन्टरनेशनल स्कुलले आगामी माघ २१ गते लर्ड बुद्ध बसन्त उत्सव मनाउने भएको छ । 

समुदाय र विद्यालयलाई जोड्ने उदेश्यले अभिभावक डे को अवधारणालाई लर्ड बुद्ध बसन्त उत्सवको रुपमा मनाउन लागिएको विद्यालयले जनाएको छ । 

माघ २१ गते शनिवारको दिन पारेर लर्ड बुद्धले स्थानीय समुदायमा पाइने खानालाई प्रमाट गर्नुका साथै विज्ञान कला एंव मौलिक खानाको परिकार बनाउने र प्रदर्शनी समेत गर्ने भएको हो । 

लर्ड बुद्ध बसन्त उत्सवको अवसरमा विद्यालयमा बिभिन्न मधेशी तथा मैथीली समुदायमा पाक्ने खानाको प्रदर्शनी र पस्तुती गरिने कार्यक्रममा संयोजक रहेका कलाकार सोनु जयन्तिले जानकारी दिए । 

विद्यालयले आफ्नो समाज र समुदायलाई आफुसँग जोड्न र विद्यार्थीलाई आफु रहेको समुदायमा कस्तो प्रकारको खाना र चालचलन छ भनेर देखाउनको लागि पनि मौलिक खाद्य तथा परिकारको प्रदर्शनी कार्यक्रम गर्न लागिएको विद्यालयको प्राचार्य अर्जुन प्रसाद  न्यौपाने बताउँछन् । 

कार्यक्रममा विद्यार्थी, अभिभावक तथा सम्पुण शुभचिन्तकलाई पनि आएर विद्यार्थीले प्रस्तुत गर्ने मौलिक परिकारको प्रदर्शनी अवलोकन गर्न आमन्त्रण गरिएको छ ।