रामधुनी नगरभरीका प्राथमिक तहका निजी विद्यालयहरुको सहभागितामा भएको स्पेलिङ्ग कम्पिटिसनको उपाधि रामधुनी ५ मा रहेको युनिक एकेडेमीले पाएको छ । 


रामधुनी नगरप्यावसनको आयोजनामा गत शुक्रबार भएको प्राथमिक तहको स्पेलिङ्ग कन्टेस्टको उपाधि युनिक एकेडेमीले जितेको हो । 

प्रतियोगितामा द्धितीय स्थान रामधुनी ५ मा रहेको एल इ एस स्कुल द्धितिय र रामधुनी ५ मै रहेको आरम्भ  विद्या मन्दिर तेस्रो भएका थिए । 

प्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थी बिच भएको प्रतियोगितामा युनिककका रहस्य चौधरी, कमल खत्री र फलोरेन्स चौधरीले उपाधि पाएका थिए । 

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई प्यावसनका अध्यक्ष अच्युत ढकाल, एलईएसका प्रिन्सिपल बाबुराम खड्का  लगायतले मेडल प्रदान गरेका थिए ।