" युनिक" देखिएको युनिक एकेडेमीको २३ औँ बार्षिक उत्सव

विद्यार्थी र अभिभावकले खचाखच भरिएको थियो शुक्रबार रामधुनी नगरपालिका वडा नम्बर ५ मा रहेको युनिक एकेडेमी । 

कतै विद्यार्थी बिभिन्न खानाका परिकारको स्टल राखेर बसेका थिए त कतै कला र नविनतम खोज सहितका विज्ञानका प्रदर्शनी थिए । संयोग थियो एकेडेमीले आफ्नो स्थापनाको २३ औँ स्थापना दिवस मनाउने । 

कुनै वेला कक्षा ५ सम्मको शैक्षिक स्वकृति लिएर रामधुनी वडा नं. ५ मा स्थापना भएको युनिक एकेडेमीले आफ्नो बिभिन्न आरोह अवरोहका बावजुत आफ्नो स्थापनाको २३ औं बार्षिक उत्सव मनाउँदै थियो । 

रामधुनी न.पा. की उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यो तथा शिक्षा शाखा प्रमुख राजन गेलाल, रामधुनी नगर प्यावसनका २०२३ का अध्याक्ष अचुत ढकाल, पुर्वअध्यक्ष बाबुराम खड्का लगायत विशेष अतिथीको रुपमा उपस्थित थिए । 

कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायत आफ्ना विभिन्न प्रतिभाहरु कार्यक्रममा प्रस्तुत गरेका थिए । कार्यक्रमको नौलो पक्ष त यो पनि थियो विद्यालयका अभिभावकले समेत कार्यक्रममा आफ्नो प्रस्तुती थिए । 

त्यसका साथै विद्यार्थीहरुले आफ्ना अध्ययनाक क्रममा आर्जन गरेका ज्ञान तथा सिपबाट विभिन्न सांस्कृतिक विविधता भएको कलात्मक चित्रकला, सांस्कृतिक खाना, विज्ञानका विभिन्न कृतिम मानवयन्त्र (रोबट) लगायत विभिन्न कार्यहरु स्टलका रुपमा प्रर्दशनिमा राखेका थिए ।  

विद्यार्थीहरुको शिक्षाप्रतिको आकर्षणलाई वृद्धि गरेर विद्यार्थीहरुलाई अध्ययनका लागि प्रेरित गरेकोमा खुसि भएको कार्यक्रममा उपस्थित अभिभावकहरुको भनाई रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर उपप्रमुख तारा थापाले निजि विद्यालयले पनि सांस्कृतिक तथा सामाजिक क्षेत्रमा लागेको र अझै यसमा कसरत गर्नुपर्ने बताइन । आफ्नो मन्तव्यका क्रममा उनले विद्यार्थीहरुलाई समाजमा आवश्यक शिक्षा तथा आफ्नो निजिजीवनामा आवश्यक पर्ने कार्यमा विद्यालयले सदैव कार्य गर्नुपर्ने बताइन । 

उनले गणितमा अंग्रेजी माध्यममा मात्र अध्ययन भएको हुदाँ र विद्यार्थीहरुले अंग्रेजी अंकमात्र याद गर्ने हुँदा नेपालीमा भनिएको सामान्य डेढसय भनेको कति रकम हो भन्नेसम्म अंग्रेजिमा बुझाउनुपर्ने समेत बताएकी छिन् । निजि बिद्यालयहरुले नेपालिमा बोल्ने बिद्यार्थीहरुलाई कार्वाही गर्ने गरिएको सुनिन आएको हुदा त्यसो नगर्न पनि सचेत गराईकि थिईन । उपमेयर थापाले भनिन ‘हाम्रो भाषा हाम्रो अधिकार, यसको संरक्षण गर्ने दायित्व पनि हाम्रै हो ’। 

कार्यक्रम पश्चात पत्रकारहरुसंग बोल्दै युनिक एकेडेमीका प्रधानाध्यापक उमेश थापाले गुणस्तरीय शिक्षाको खोजको पूर्णता तर्फ लैजान्छ भन्ने मुल नाराका साथ स्थापना भएको युनिक एकेडेमीले आफ्नो स्थापनाकालदेखि गुणस्तरीय शिक्षाका साथै अन्य अतिरिक्त क्रियाकलापमा संलग्नता वृद्धी गर्दै विद्यालयको गुणस्तरिय शिक्षा, अनुसासन र नतिजामा पनि ध्यान दिएका कारण २३ बर्षसम्ममा विद्यालयलाई रामधुनीको शैक्षिक केन्द्र बनाएको बताएका छन् । 

उनले गुणस्तरीय शिक्षाका अतिरिक्त अन्य समाज तथा निजि जीवनका लागि आवश्यक पर्ने शिक्षा प्रधान गरेको र विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा काम गरेका कारण विद्यालयलाई ५ कक्षाबाट १२ कक्षासम्मको अध्ययन केन्द्र बनाउन सफल भएको बताएका छन् । उनले भने ‘यस वर्ष देखि हामी शिक्षा संग जातजि धर्मसंप्रदाय र संस्कार संकृतिलाई पनि संगै लैजान विभिन्न जातिया खाद्यान्नका परिकार स्टलमा राखेका छौ । तेसै गरि विभिन्न जातिय भेषभुषालाई पनि संगै लैजान प्रयत्नसिल छौ ।’

विद्यालयले विद्यार्थीको शिक्षालाई परिस्कृत गर्दै समाजमा व्यवहारिक शिक्षा प्रदान गर्न प्रयत्नशिल रहेको एकेडेमीका प्रवन्ध निर्देशक राकेश रायको भनाई थियो । हाल  बिद्यालयमा एल केजि देखि वाह्र सम्ममा करिव आठ सय विद्यार्थी पठन पाठन गरिरहेको एकेडेमीले बताएको छ । 


Post a Comment

0 Comments