सर्बाधिक चासोको साथ हेरिएको फिफा बिस्वकप  फुटबल अन्तर्गत आज हुने क्वाटरफाइनल खेलमा अर्जेन्टिना प्रतिस्पर्धामा आउने भएको छ । उपाधि दाबेदार मानिएका  नेदरल्यान्ड्स र अर्जेन्टिनाबीच हुने प्रतिस्पर्धामा  कस्ले बाजि मार्ने हो सर्बाधिक चासोका साथ हेरिएको छ । 


लुसाइल स्टेडियममा हुने नेदरल्यान्ड्स र अर्जेन्टिनाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

नराउण्ड अफ १६ मा अमेरिकालाई हराएको  नेदरल्यान्ड्स आज अर्जेन्टिनालाई स्तब्ध पार्दै सेमिफाइनल पुग्न चाहन्छ भने अर्जेन्टिना पनि नेदरल्यान्ड्सलाई हराएर सेमिफाइनल मा प्रतिस्पर्धा गर्न सुरमा छ । यी दुइमा कस्ले बाजि मार्ला त्यो भने हेर्न बाकि नै छ ।