इनरुवा नगरपालिकाकी उपमेयर विनिता कुमारी मेहताले महिलालाई निर्णय प्रक्रियामा सहभागि गराउने पहल घरैबाट थाल्नुपर्ने बताएकी छन् । 





दलित महिला केन्द्र नेपालद्धारा सन्चालित शी लिड्स कार्यक्रममा बुधबार बोल्दै उपमेयर मेहताले आफु अन्जान बन्दा उपमेयर भएरै पनि कति ठाउँमा नबुझिकनै हस्ताक्षर गर्नुपरेको बताइन । 

उपमेयर ज्यु यहाँ सहि गरिदिनुस भन्दै ल्याए ...अनि गरिदिएँ पछि थाहा भयो त्यो त बजेट वत्तव्य पो रहेछ । त्यो उपमेयरको अधिकार हो उपमेयरले नै नगर तथा गाउँपालिकाको बजेट बनाउने र प्रस्तुत गर्ने कानुनी व्यावस्था छ ।

बुधबार इटहरीको त्रियुगा होटलमा भएको अन्तक्रियापछि सुनसरीका ८ वटा स्थानीय सरकारका जनप्रतिनिधि तथा राजनितिक दलले आफ्नो स्थानीय तहमा लैँगिक समानताको लागि काम गर्ने र सबैभन्दा पहिला आफ्नो घरबाटै सो कामको सुरुवात गर्ने प्रतिवद्धता गरेका छन् । कार्यक्रममा निवर्तमान सांसद लक्ष्मी परियार, संविधान सभा सदस्य अनिता परियार बराल लगायतले आफ्नो प्रस्तुती दिएका थिए । धरान, बराहक्षेत्र, रामधुनी, दुहवी, भोक्राहा नरसिंह, गढी, कोशि गाउँपालिकामा शी लिड्स कार्यक्रम अन्तर्गत निर्वाचित महिला जनप्रतिनिधिहरुलाई तालिम दिने काम भइरहेको बताइएको छ । महिलालाई राजनितीमा सहभागि गराउदैँ निर्णय प्रक्रियामा