श्रमजिवीहरुको तागत बलियो हुन्छ भन्ने सन्देश शनिवार इटहरी र आसपासका सडक व्यापार मजदुरहरुले दिएका छन् ।
स्वतन्त्र सडक व्यापार मजदुर संगठनले शनिवार इटहरीको तालतलैयामा एक भव्य वनभोज कार्यक्रमको आयोजना गर्दै एकताको सन्देश छरेका छन् भने भविश्यमा मजदुरको हक र हितका लागि कसरी अगाडी बढ्ने भन्ने विषयमा समेत आपसमा परामर्श गरेका छन् ।
राजनितिका माध्यमबाट मात्रै देशको मुल नितिलाई परिवर्तन गर्न सकिन्छ भन्ने हेतुले गत प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा स्वतन्त्र लौरो अभियानबाट समानुपातिक तर्फ उम्मेद्वार बनेकी इटहरी २ की सरिता कार्कीको अगुवाईमा भएको बनमोज कार्यक्रममा झण्डै पाँच दर्जन श्रमजिवीहरुको सहभागिता रहेको थियो ।
निर्वाचनमा जित हार एउटा पक्ष भएपनि धेरै कुरा सिकाएको बताउँदै कार्कीले अवका दिनमा समाजको आवश्यता हेरेर अगाडी बढ्ने बताएकी छन् । कार्कीले मजदुरको हितका लागि आफ्नो आवाज संधै बुलन्द भइरहने समेत बताइन ।




0 Comments