सुनसरी जिल्लाभरका नीजि विद्यालयहरुको संगठन प्यावसनमा आवद्ध बोर्डिङ्ग स्कुलहरुका बिच भएको लोक नृत्य प्रतियोगितामा रामधुनी प्यावसनको प्रतिनिधित्व गरेको आरम्भ विद्या मन्दिर प्रथम बनेको छ ।
जिल्लाका सबै नगर प्यावसनहरुबाट उत्कृष्ट मध्ये १२ वटा विद्यालयहरुको सहभागितामा भएको लोकनृत्य प्रतियोगितामा आरम्भले बिजेताको ट्रफि चुम्न सफल भएको हो ।
यस अघिको प्यावसन स्तरिय प्रतियोगितामा पनि जिल्लाबाट उत्कृष्ट दोस्रो हुँदै प्रदेश स्तरिय प्रतियोगिता सम्म पुगेको आरम्भ विद्या मन्दिरले गत हप्ता भएको रामधुनी नगरस्तरिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्दै प्रथम बनेको थियो भने रामधुनी नगर प्यावसनबाटै एलईएस इंग्लिस बोर्डिङ्ग स्कुल द्धितीय भएको थियो ।
जिल्ला प्यावसन सुनसरीको आयोजनामा इटहरीको लायन्स भवनमा आयोजित प्रतियोगितामा बराहक्षेत्र प्यावसनको प्रतिनिधित्व गर्ने स्काई इङ्गिलस स्कुल द्धितिय भएको थियो भने इटहरी प्यावसनको लिटिल फ्लावर इंग्लिस स्कुल तेस्रो भएको थियो भने सान्तवना पुरस्कार इटहरी प्यावसन अन्तर्गतको सुनसरी कृष्टलले प्राप्त गरेको थियो ।
प्यावसन प्रदेश नम्बर १ का अध्यक्ष टिकाराम ढकाललको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुनसरी जिल्ला प्यावसनका अध्यक्ष अनुप योज्जनको सभापतित्वमा सम्पन्न भएको रामधुनी नगरप्यावसनका सचिव हरि रायमाझिले जानकारी दिए ।




0 Comments