प्रदेश एक सरकारले गत असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म गण्डकि प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक बिजेता खेलाडीलाई एक लाख रुपैँया पुरस्कार दिने भएको छ । 

प्रदेश खेलकुद वोर्ड र समाजिक विकास मन्त्रालयको आग्रह मा १ नम्वर प्रदेश सरकार ले गत असोज २८ देखि कार्तिक ४ भएको प्रतियोगितामा प्रदेशका लागि मेडल जित्ने खेलाडीलाई उक्त पुरस्कार प्रदान गर्ने भएको हो । 
मंगलबार बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले पदक बिजेता खेलाडीलाई नगद रकम दिने निर्णय गरेको हो । 
प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर एकका सदस्य सचिव हंशराज वाग्लेका अनुसार रजत पदक प्राप्त गर्ने खेलाडीले ७५ हजार र कास्य पदक प्राप्त गर्ने खेलाडीले ५० हजार नगद पुरस्कार पाउने भएका छन् भने टिमकोचले २५ हजार र टिम व्यावस्थापकले २० हजार नगद पुरस्कार पाउने भएको छन् । 
पदक बिजेता खेलाडीलाई चाँडै भव्य कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कारको वितरण गरिने बोर्डका सदस्य सचिव हंशराज वाग्लेले बताए । 
प्रदेश एकले नवौँ राष्टिय खेलकुद प्रतियोगितामा एघार टिममा सातौँ स्थान बनाएको छ भने प्रदेशगत रुपमा हेर्ने हो भने १ नम्बर प्रदेश तेस्रोमा छ । प्रदेश एकले १० वटा स्वर्ण २३ रजत र ५० कास्य गरी ८३ पदक जितेको थियो ।