रामधुनी प्यापसनले २०७८ सालमा नेपाल सरकार राष्ट्रिय परिक्षा बोर्डबाट सन्चालित एसईई परिक्षामा उत्कृष्ट अंक ल्याएर उत्रिर्ण हुने एक छात्र र एक छात्रालाईे सम्मान गरेको छ । 

शनिवार रामधुनीको झुम्कामा आयोजना भएको प्यावसन रामधुनीको साधारण सभाको अवसर पारेर उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई सम्मान गरेको हो । 

सम्मानित हुनेमा रामधुनी ५ को युनिक एकेडेमिकी छात्रा युनिशा कट्वाल र नवकिरण इङ्गिलस स्कुलका छात्र सचिन न्यौपाने रहेका छन् । 

उनिहरुले २०७८ को एसइई परिक्षामा रामधुनी भरीमै उत्कृष्ट अंक ल्याएर उत्रिण भएका थिए । सम्मान पत्र हस्तान्तरण गर्दै प्रमुख अतिथी अनुप योन्जनले उज्जव भविश्यको कामना समेत गरे । 

एनिहरु दुवैलाई प्यावसन रामधुनीका अध्यक्ष अच्युत ढकाल र कार्यक्रमका प्रमुख अतिथी सुनसरी प्यावसनका अध्यक्ष अनुप योन्जनले दोसल्ला र सम्मान पत्र हस्तान्तरण गरेका थिए । 

रामधुनी प्यावसनले आफ्नो साधारणसभाको अवसर पारेर सामाजिक काममा योगदान गरेको भन्दै रामधुनी नगरका २ सक्रिय सामाजिक संस्थालाई समेत सम्मान गरेको थियो । सम्मानित हुनेमा सेभ  द अर्थ संस्थाका अध्यक्ष पुष्प भट्टराई र झुम्का जेसिसलाई पनि सम्मान गरिएको छ। 

 

 झुम्का जेसिसको सम्मान संस्थाका कार्यकारिणि उपाध्यक्ष गोविन्द आचार्यले ग्रहण गरेका थिए ।