नेपाल तामाङ घेदुङ इटहरी उप महानगर समितिले १० औं अधिबेसनले मोहन  लोप्चन तामाङलाई संघको आगामी कार्यकालका लागि अध्यक्षमा निर्बिरोध  निर्वाचित गरेको छ । 

आगामी कार्यकालका लागि निर्वाचित संस्थाका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा हस्त ग्यावा तामाङ्ग र दिपा घिसिङ्ग तामाङ्ग, सचिवमा रत्न योन्जन, उप सचिवमा डिक कुमार बोम्जन, कोषाध्यक्षमा टेक वहादुर मोक्तान रहेका छन् । यस्ता नयाँ कार्यसमितिका सदस्यहरुमा कुमारी मोत्तान, प्रदिप तोइसाङ्ग, थपसेकला डुम्जन, सेतुलाल तामाङ्ग , गोविन्द्र मोत्तान र मदन गोम्देन रहेका छन् । 

संस्थाका  निबर्तमान अध्यक्ष चन्द्र बहादुर गोम्देनको समापतित्वमा भएको अधिवेशन नेपाल तामाङ घेदुङ १ नः प्रदेश समिति अध्यक्ष  रेख बहादुर घिशिङ तामाङको प्रमुख अतिथि आतिथ्य मा सम्पन्न भएको थियो । 

तामाङ घेदुङ प्रदेश समितिका पदाअधिकारी जिल्ला तामाङ घेदुङ समिति नगर तामाङ घेदुङ लगायत इटहरी २० वटा इकाई समितिका प्रतिनिधिहरुको उपस्थितिमा भएको कार्यक्रममा  आमत्रित अतिथीको रुपमा  नेपाल स्वतन्त्र सडक ब्यापार श्रमिक संगठन का केन्द्रिय उप महासचिव प्रदीप घिसिङ तामाङको उपस्थिती रहेको थियो । 


 

भेलाले इटहरीमा बहुसांस्कृतिक भवन निर्माणको लागि पहल योजना अघि सारेको छ । इटहरीको हवाई चोकमा संस्थाको जग्गा भएपनि रकम अभावका कारण निर्माण योजना अलपत्र बनेपछि स्थानीय  सरकारसँग समन्वय गरी भवन निर्माण सकाउने योजना अघि सारिएको छ । भवन निर्माण सकिएको खण्डमा तामाङ्ग मात्र नभई अन्य जातजातीको समेत सभा सम्मेलन गर्न मिल्ने गरीको संरचना तयार हुने र सबैलाई कार्यक्रमको आयोजना गर्न सहज हुने विश्वास लिइएको छ ।