रामधुनी नगर प्याब्सनले आफ्नो साधारणसभा सनिवार झुम्काको कल्पबृक्ष पार्टी प्यालेसमा सम्पन्न गरेको छ । जिल्ला प्याब्सन सुनसरीका अध्यक्ष अनुप योन्जनको प्रमुख आतिथ्य मा सम्पन्न साधारणसभामा नगर प्रमुख तथा उपप्रमुख शंकरलाल चौधरी र तारा थापालाइ बधाई तथा शुभकामना दिनुका साथै विभिन्न क्षेत्रमा योगदान गर्ने ब्याक्तित्वलाइ सम्मान समेत गरिएको थियो । सम्मानित ब्याक्तित्वलाइ रामधुनी प्याब्सनका अध्यक्ष अच्युत ढकाल तथा प्रमुख अतिथिले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा नगर शिक्षा अधिकृत राजन गेलाल, प्याब्सन प्रदेश १ का सदस्य उमेश थापा, प्याब्सन सुनसरी उपाध्यक्ष रमेश कार्कि, रामधुनी ५ का निबर्तमान वडा अध्यक्ष डेगराज फुयाल लगायत निजि तथा बोर्डिङ स्कुलका प्रधानाध्यापकहरुको उपस्थिति थियो । सरोज माझीले स्वागत गरेको कार्यक्रम रामधुनी प्याब्सनका सचिब हरि रायमाझीले सन्चालन गरेका थिए ।
कार्यक्रमको फोटो फिचर यहा प्रस्तुत छ ।







































0 Comments