आइतबार युटुवमा एकाएक जनकलाको नामबाट एउटा मार्मिक संगित सार्वजनिक भयो । एकतिर विश्वकै ध्यान विश्वकपले तानेको बेला यो मार्मिक संगीतले कोहि मनकारीको मन नतान्ने कुरै भएन ।
विश्वकप फुटवलको महाकुम्भ आयोजना गरिरहेको कतार होटल, पर्यटन, टिकट, यातायात जस्ता विभिन्न कुराबाट राजश्व भरीरहेको छ । देश बनाउने सुनौलो मौका पाएको कतारलाई आफ्नो राष्ट्रमा फुटवलको महामेला आयोजना गर्न पाउँदा गौरव त छँदैछ त्यहाँमाथि देशको इज्जत प्रतिष्ठामा पनि बढेर जाँदै छ तर मजदुरहरु जो सोहि विश्वकप फुटवलको मैदान बनाउँदा ज्यान गुमाए उनिहरुका परिवारलाई आँशु शिवाय केहि छैन ।
विश्वले बेला बेला मजदुरको आवाज नबोलेको पनि होइन तर मजदुर मजदुर न हो त्यसको लागि त्यत्ति धेरै सोचिरहने फुर्सद कस्ले गर्छ र ? घरमा भएको आर्थिक अवस्थालाई अलिकति भएपनि उकास्न भन्दै कमाउले लालसामा विदेश छिरेका थुप्रै आशावादी मनहरु लाश बनेर स्वदेश फर्किएका छन् । कतिले रंगशाला निर्माण गर्ने क्रममा विल्डिङ्गबाट लडेर मृत्यु वरण गरेका छन् त कतिले चेपिएर, लडेर निर्माण सामाग्रिले थिचेर अवथा भनौ रंगशाला निर्माणको क्रममा गर्मिले पिल्सिएर पनि ज्यान गुमाउनु परेको थियो ।
अहिले चोक चोकमा अर्जेन्टिना, ब्राजिल, या फ्रान्स र नेदरल्याण्ड भन्ने देशहरुको सपोर्टर हुँ भन्दै मध्येरात सम्म क्लव र रेष्टुरेन्टमा नेपालीहरु चम्किएको देख्दा लाग्छ विश्वकपको लागि ज्यान दिने नेपालीहरुको पिडा अथवा भनौ मजदुरहरुको पिडा उनका परिवारको लागि मात्रै हो र यो निजी पिडा हो ।
जनकलाको नामबाट युटुवमा सार्वजनिक भएको गीतले हरेक सुन्दर मनहरुलाई छिया छिया बनाईदिएको छ ।
देशमा रोजगारीका लागि भौतारिँदै हिडेको रोजगारी नपाएको देखि लिएर धरौटीमा घरबारी राखेर राहदानी बोकेर हिड्न परेको पिडालाई गीतले समेटेको छ ।
आधुनिक युगको आधुनिक दासी बनेर पचास डिग्रि घाममा जोखिम का मगर्ने नेपालीको पिडालाई गीतमा जस्ताको तस्तै उठाइएको छ । कम ज्यालामा निर्माण गरिएका मैदानहरु जहाँ अहिले अर्बौँका खेल खेलिँदैछन् ।
हजारौँ जना मजदुर मर्दा पनि कम्पनीले बेवास्ता गरेको कुरा समेटिएको छ भने हत्या जस्तै लाग्ने हरेक मृत्युलाई हृदयघातको नामबाट झारो टार्ने र मजदुरले पाउने न्युनतम बिमाको सुविधाबाट पनि बन्चित गराइएको कुरा गीतले समेटेको छ ।
तिम्रा लागि विश्वकप होला खुशिको उत्सव, हास्न सक्छौ कसरी टेकिँदा मजदुरको शव भन्ने वाक्यले हरेक मनलाई पगालेको छ ।
हिडेँ दिनभर भौतारी, पाइएन रोजगारी गाउँ छाड्ने मन थेुन,
आइपर्यो मजबुरी धरौटीमा घरबारी राखी लिए राहदानी ।
कतारको कम्पनी, खप्नै पर्यो ज्यादती लियो एक लाख धरौटी,
राहदानी बन्धकी आधुनिक युगको आधुनिकै दास हामी ।
यस्तो छ गीतको अंस
पचास डिग्री चर्को घाम जोखिम रैुछ याुको काम
बनाउनलाई मैदान लागिपरेका यी ज्यान
दिनभरी गर्यो काम ज्याला भने साह्रै कम ।
हजारौँ मजदुर मर्दा कम्पनिको बेवास्ता
कोहि मरे गर्मीले कोइ बिल्डिङ्गबाट खस्दा
अखबारले मृत्यु भन्ला म भन्छु यो हो हत्या ।
तिम्रा लागी विश्वकप होला खुसीको उत्सव
हाँस्न सक्छौ कसरी टेकिदा मजदुरको शव
साहुजिको नाफामा मजदुरहरु कफनमा ।

0 Comments