निने र गरिने कुरामा फरक छ जस्तो हाम्रो सामुदायिक बनावट र व्यवहार चल्छ । महिलालाई कम्तीमा ३३ प्रतिशत अधिकार सहित राज्यका सबै संयन्त्रमा प्रतिनिधित्व गराउन संविधानले नै भनेको छ तर प्राय जसो निकाय र संकायमा महिला प्रतिनिधित्व भनेजस्तो अहिले पनि देखिदैन । कतै सहभागितै गराइदैन कतै महिला उपस्थिती नै न्युन हुने गरेको पनि छ । तर त्यसको ठ्याक्कै उल्टो भयो रामधुनी नगरपालिकाको वडा नम्बर ५ झुम्काको रामधुनी आदर्श विद्यालयको अभिभावक भेलामा शुक्रबार । 


विद्यालय व्यावस्थापन समिति र अभिभावक संघ गठन प्रयोजनका लागि बोलाइएको अभिभावक भेलामा ४ जना बाहेक सबै अभिभावक महिला उपस्थित भए ।
विद्यालय व्यावस्थापन समिति निर्माण गर्दा आवश्यक पर्ने कम्तीमा २ जना महिला पनि जुटाउन मुस्किल पर्ने विद्यालयहरु पनि भएको अवस्थामा रामधुनी आदर्शमा पनि क्रियाशिल पुरुष पनि चाहिन्छ कि भन्ने भएको थियो । 


अभिभाक संघको चयन गर्दा त झनै ७ जना नै महिलाले अविर र माला लगाए तर उनै महिलाको रोहवरमा विद्यालयको रेखदेख गर्न सहज हुने हिसावले २ जना पुरुष अभिभावकको नाम अभिभावक संघमा राखियो तर उनिहरु उपस्थित थिएनन् । संयोग नै मान्नु पर्छ शुक्रबारको कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष भोला बास्तोलाको अनुपस्थितीमा कार्यवहाक वडा अध्यक्षको रुपमा सिता ढुंगेल फुयल पनि उपस्थित थिइन । उनी मात्रै नभएर अर्की महिला सदस्य मनोदेवि सरदार पनि कार्यक्रममा उपस्थित थिइन । 

देशका कतिपय निकायमा महिला सहभागिता र उपस्थिती नै न्युन रहिरहने अवस्थामा यो उपस्तिी र सहभागितालाई उच्च मुल्याँकन गर्नै पर्ने हुन्छ । 
विद्यालय व्यावस्थापन समिति गठनका लागि न्युनतम ५१ प्रतिशत अभिभावकको उपस्थित अनिवार्य हुनेमा करिव ४५ जना को हाराहारीमा अभिभावकहरु उपस्थित भए जसमा ४ जना पुरुष अभिभावक थिए भने बाँकि महिला अभिभावकहरु उपस्थित भए । प्राय महिलाहरु नै बच्चालाई विद्यालय ल्याउन पुर्याउन आउने भएकाले पनि महिला अभिभावकको नाम नै विद्यालयको खातामा रहेको र उहाँहरुकै नाममा पत्राचार भएकाले महिला अभिभावकको उल्लेख्य उपस्थित रहेको विद्यालयकी शिक्षिका रश्मि पौडेल चापागाई बताउँछिन् । 


 २०७६ सालमा स्थापना भएर कक्षा ३ सम्म संचालन भइरहेको उक्त विद्यालयमा ७६ जना विद्यार्थीहरु अध्ययन गरीरहेको प्रद्यानाध्यापक  विनिता लिम्बु बताउँछिन् । 


सामुदायिक विद्यालयलाई सरकारी सेवा अन्तर्गत विद्यार्थीलाई दिवा खाजा, युनिफर्म तथा किताव उपलव्ध हुने गरेको छ भने नगरबाटै तलव सुविधा दिनेगरी ५ जना महिला शिक्षक कर्मचारीहरु राखिएको छ । 
वडा नम्बर ५ मा एउटा पनि सामुदायिक विद्यालय नभएको अवस्थामा निवर्तमान वडाध्यक्ष डेगराज फुयाँलको सक्रियतामा जन्मिएको रामधुनी आदर्श विद्यालय अंग्रेजी माध्यमबाट अध्यापन गराइने विद्यालय हो । 


स्थापनाको ३ बर्षमा शिक्षा गुणस्तर लगायतका कुरामा आफुहरु अव्वल रहेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कालीप्रसाद सापकोटाले सुनाए ।


 ‘अरु सुकिला मुकिला भएर बोर्डिङ्ग गए भनेर चिन्ता नलिनुस तपाईको छोरा छोरी पनि उनिहरु भन्दा कम छैनन् ।’अभिभावक भेलामा विव्यासका अध्यक्ष सापकोटाले सुनाए ।