लौरो अभियानकी सरिता कार्की भन्छिन् , - मजदुरको सपोर्ट पाएकी छु मजदुरकै हितमा काम गर्ने छु


लौरो अभियानका साथ प्रदेश नम्बर एकको प्रदेश सभामा समानुपातिकको लडाईमा होमिएकी मजदुर नेतृ सरिता कार्कीले आफुलाई मजदुर वर्गको दरिलो सपोर्ट भएको बताएकि छिन् । 


सडक व्यापार मजदुर संगठनबाट प्रतिनिधित्व गर्ने कार्की एकाएक लौरो अभियानमा जोडिएर प्रदेश नम्बर एकको प्रदेश सभाको लागि स्वतन्त्रताका साथ चुनावी मैदानमा छिन् । विगतमा माओवादी द्धन्द्धकी जुझारी एक हिस्सा भएकी सरिता पति क्याक्टुक लामाका साथ लडाईमा थिइन । द्धन्द्ध कालिन विवाह पनि गणतन्त्रको न्यानो दिन सफल सरित ाअर्कै पार्टीबाट प्रतिनिधि सभामा समानुपातिक उम्मेद्वार बनेको हल्ला भएता पनि  अन्तिममा आएर स्वतन्त्र बनेकी हुन । 

स्वतन्त्र विचार मार्फत मजदुर बर्गको हितका लागि काम गर्ने अभियामा होमिएकी कार्की लामो समय सडक व्यापारीको रुपमा का मगर्दै थिइन । आफ्नो उम्मेद्वारी सिटि सफारी चालकहरुलाई परेको समस्याको समाधानका साथै यातायात मजदुरलाई कानुनका कारण पर्ने गरेको अप्ठेरोमा केन्द्रित हुने र सम्पुर्ण मजदुर बर्गको सामाजिक सुरक्षा र सहज व्यापारका लागि पहल गर्न भएको कार्कीको भनाई छ ।  

हक्कि स्वभाव र न्यायको पक्षका वकालत गर्ने सरिता इटहरीमा लाग्ने साप्ताहिक हाट बजारमा मजदुरहरुको नेतृत्व गर्छिन भने भ्रष्ट्राचार विरोधी अभियानमा समेत उत्रिकै क्रियासिल छिन् । इटहरी २ आपँगाछिमा रहेको आपँगाछि टोल विकास संस्थाको अध्यक्ष समेत रहेकी उनि समानुपातिम मत माग्दै घरदैलो अभियान गरीरहँदा निकै लोकप्रिय बनिन । इटहरी मात्रै नभएर धनकुटामा समेत आफ्नो राम्रो प्रभाव रहेको कार्कीले बताईन । धनकुटाका किसानलाई बजारको व्यावस्था गर्नेदेखि लिएर बाटो निर्माणमा समेत आफुले योगदान गरेको सरिता बताउँछिन् । 

सडकमा व्यापार गर्ने व्यापारीहरुलाई व्यवस्थित गर्नुपर्ने , कर तिरी सकेपछि उनिहरुले निर्धक्क भएर आफ्नो सामान बेच्न पाउनु पर्ने साथै खानेपानी चर्पि लगायतका आधारभुत कुरामा नगरले चासो दिनुपर्ने सरिताको भनाई छ । आफु प्रदेश सभामा प्रतिनिधित्व गर्न पाए किसानहरुको समस्याको समाधानमा पहिलो कदम चाल्ने बचन उनको थियो । सिटि सफारी चालकहरुलाई समय समयमा सरकारी पक्षबाट दुख दिने गरेको बताउने कार्की त्यसको समाधानका लागि व्लु बुकको आधारमा निर्धक्क सवारी चलाउन पाउनु पर्ने धारणा राख्छिन् । इटहरीमा रहेका स्वतन्त्र सिटि सफारी संगठनले समेत कार्कीको चुनावी अभियानमा साथ थिइरहेको छ । ‘मैले मजदुरको साथ पाएको छु पछि मेरो पाइला प्रदेश सभामा पुगेपछि मेरो आवाज मजदुरकै पक्षमा हुनेछ । ’उनले हामीलाई सुनाइन । 


Post a Comment

0 Comments