मजदुर नेता तथा लामो समयदेखि सडक व्यापारमा आवद्ध इटहरीकी सरिता कार्की लामा लौरो अभियानमा रहेर समानुपातिक मत माग्दै छिन् । 


लामो समय माओवादी जनयुद्धमा होमिएर शान्तिप्रक्रियामा आएपछि आफ्ना पति क्याक्टुक लामाका साथ व्यापारमा लागेकी कार्की लामो समय सडक व्यापारसँग सम्बन्धित मजदुरको पक्षमा आवाज उठाउँदै आएकी नेतृ हुन । 

इटहरीमा लाग्ने साप्ताहिक हाट बजारमा तरकारी बेच्दै अगाडी बढेकी सरिताले आफ्नो जिवनको महत्वपुर्ण समय मजदुर वर्गकै लागि खर्च गरेकाले अव पनि मजदुरको पक्षमा काम गर्ने र प्रदेश सभामा समानुपातिक सांसद बनेर जाने अभियानका साथ आफु चुनावी प्रचार प्रसारमा लागेको बताइन । 

विगतमा विभिन्न राजनितिक दलमा आवद्ध भएपनि अहिले स्वतन्त्र रुपमा लौरो अभियानमा आवद्ध भएर चुनावी मैदानमा होमिएकी कार्कीले आफ्नो महत्वपुर्ण आधार मजदुर वर्ग भएकाले उनीहरुकै हितका लागि आफु चुनावी मैदानमा आएको र मजदुरहरुले लौरो अभियानमा स्वतन्त्र उम्मेद्वारलाई बिजय गराउने कार्कीले बताइन । 

हाम्रो नेपाली पार्टी अन्गर्तगको लौरो अभियानबाट देशभरी स्वतन्त्र उम्मेद्वारहरु निर्वाचनमा होमिएको अवस्थामा जनताले स्वतन्त्र रुपमा लौरो अभियानका उम्मेद्वारहरुलाइ भोट हालेर विजय गराउने सरिताको विश्वास छ । आफु लामो समयदेखि मजदुरका पक्षमा र मजदुर आन्दोलनको एक हिस्सा रहेकाले सम्पुर्ण मजदुर वर्गलाई आफुलाई समानुपातिक मत हाल्न सरिताले अनुरोध गरिन । 



इटहरी क्षेत्रमा रहेका मजदुरहरुकै सपोर्टमा आफु रहेको बताउने सरिताले सडक पेटीमा व्यावसाय गर्ने , यातायात, कारखानामा काम गर्ने मजदुर वर्ग सबैको पक्षमा आफुले काम गर्ने बताइन ।  सरिता मजदुरको लागि सुरक्षा कोष, सुरक्षित व्यापारिक स्थलको निमाणको साथै  पाइलै पिच्छे सवारी साधनहरुले तिर्नुपर्ने कर तथा जरिवानाको विरुद्धमा काम गर्ने बताउँछिन् । 

‘म हिजो पनि मजदुर हो र मजदुरको आवाज हो, आज पनि छु र भोली पनि रहनेछु ।‘ कार्कीले भनिन । 

स्वच्छ छवि, निस्पक्ष र निश्वार्थ उम्मेद्वारका रुपमा आफु उभिएकाले सम्पुर्ण प्रदेश बासिले लौरो अभियानमा सहयोग गर्ने सरिताको विश्वास छ । युवा, महिला, मजदुर र पिछडिएको वर्ग सबैको उम्मेद्वार रहेकाले अहिलेको समयमा लौरो अभियान्तालाई मत दिनुपर्ने बताउँदै सरिताले आफु भ्रष्ट्राचारको विरुद्धमा खरो रुपमा लाग्ने बताइन । 

सिटि सफारीका क्षेत्रमा मजदुरहरुले एउटा व्लु बुकको भरका निर्वाध व्यावसाय गर्न पाउनु पर्छ भन्ने कार्की सडकमा व्यावसाय गर्ने व्यावसायीहरुलाई स्थानीय पालिकाहरुले व्यवस्थित रुपमा व्यावसाय गर्ने वातावरण सिर्जना गर्नुपर्ने र त्यसमा आफ्नो सपोर्ट मजदुरको पक्षमा रहेको बताइन । इटहरी २ आपँगाछि टोल विकास संस्थाको अध्यक्ष समेत रहेकी कार्की नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनकी केन्द्रिय सदस्य समेत हुन । 

 


मेरो उम्मेद्वारी मजदुरका लागि तपाईको मत समृदिका लागि भन्ने नारा सहित आएकी सरितालाई हामीले प्रदेश सभामा समानुपातिक सांसद बनेर जानुभयो भने इटहरीका लागि के गर्नुहुन्छ भनेर सोध्यौँ उनले आफु इटहरीका लागि मात्रै नभएर प्रदेश एकभरीकै मजदुरको पक्षमा का मगर्ने सरिताले बताइन । आफुले लामो समय इटहरीकै सडक व्यापार मजदुरसँग हासीखेली गरेकाले उनिहरुको व्यापारलाई व्यवस्थित गर्ने मुख्य भुमिका निर्वाह गर्ने उनको भनाई थियो । आफु शहर भन्दा पनि गाउँको विकासमा केन्द्रित हुने र सडकमा दश रुपैँयाको साग बेचेर जिविको पार्जन गर्ने मजदुरको सामाजिक सुरक्षाकोषको व्यावस्थामा पहल गर्ने , सीटि सफारी चालकको समस्यामा समाधानको लागि पहल गर्ने देखि लिएर बजार व्यवस्थापन अनि थुप्रे कामको फेहरस्ती सरिताको थियो । 

मजदुरहरुको हितको लागि किसानले उव्जाएको कृषि उत्पादनको बजार व्यवस्थापन देखि लिएर बिचौलियाको विगविगिलाई समाधान गर्ने उनले भनाई थियो । यी सबै समस्याको समाधान नितिगत तहबाटै हुनुपर्ने भएकाले सरितालाई प्रदेश सभामा लैजान जनताकै मतको आवश्यकता देखियो । लौरो चुनाव चिन्हमा समानुपातिक मत दिएर आफुलाई जिताउन आग्रह गर्दै सरिता घरदैलो अभियानमा लागिन ।