उनले हात पक्रिँदै कखरा सिकाएका हरु अहिले थुप्रै जना राम्रो ठाउँमा पुगेका छन् । कतिले सरकारी जागिर खाइसकेका छन् भने कति युरोप तथा अमेरिका समेत पुगिसकेका छन् तर ललिता रिजाल  जहाँको त्यहिँ छिन् । हुन त उनले आफु त्यो ठाउँमा जान खोजेको अथवा चाहेको पनि होइन ।  त्यसो त मुखैमा आएको सरकारी जागिर समेत ललिताले परिवारकै लागि त्यागेकी थिइन । 

ललिता मात्रै नभएर शिक्षा सेवामा काम गर्ने धेरैको अवस्था त्यहि नै हो जो अरुलाई खुड्किलो पार गराउँछन् र आफु भने त्यसैमा सन्तुष्ठ हुन्छन् जसरी माझिले कैयौँलाई डुंगा तारिरहन्छन् तार्नेहरु गन्तव्यमा पुग्छन् तर माझिको दिनचर्या त्यत्तिकै रहन्छ  । 

रामधुनी नगरपालिका वडा नम्बर ५ बस्ने ललिता रिजालले रामधुनी ५ मै रहेको युनिक एकेडेमिमा आफ्नो जिवनको अधिकांश उर्वर समय खर्च गरिन । अहिले जिवन ढल्किँदै गयो त्यहि भएर ललिताले २५ बर्षे जागिरे जिवनको अन्त्य गर्ने निर्णय गरिन । हुन त अझै केहि बर्ष देशको भविश्य बनाउने कर्णधारहरु उत्पादन गर्ने ललिताको समय बाँकि नै थियो तर परिवारलाई पनि केहि समय दिनुपर्यो भनेर ललिताले अवकाश रोजेकी छन् । 

बुवाको जागिर भारतमा भएका कारण भारतकै अरुणान्चल प्रदेशको नामसाहिमा मेट्रिक सम्मको अध्ययन गरेकी ललिता रिजालले नेपाल फर्किएपछि उदयपुरको बेल्टारबाट हाइस्कुलको पढाई गरिन । हाइस्कुल पढ्दै गर्दा बेल्टारकै सगरमाथा बोर्डिङ्ग स्कुलमा समेत केहि बर्ष अध्यापन गराएकी उनी विवाह भएपश्चात सुनसरीको झुम्का आएकी रहिछन् । 

लामो समय रामधुनीको सिंगीया बसोबास गरेकी ललिताले २०५५ साल कार्तिक देखि युनिक एकेडेमिमा जागिर सुरु गरेकी हुन । बैदेशिक रोजगारीमा गएका श्रीमान र घरमा सासु ससुरा कोे ख्याल गर्नुपर्ने हुँदा ललिताले शिक्षक सेवा आयोगमा लिखितमा नाम निकाले पनि अन्तवार्तामा जान पाइनन् । तर उनलाई त्यो जागिर नखाएकोमा त्यत्ति धेरै गुनासो रहेनछ । घरको एक्लि बुहारी पनि जागिरमा गए सासु ससुराको हेरचाह कस्ले गर्छ भन्ने पुरातन मान्यताकै कारण  आफुले त्यो जागिरको अवसर टुटाएको ललिताले सुनाइन । यता निजी स्कुलमै पढाउने क्रममा पनि अर्को विद्यालयबाट जागिरको अवसर नआएको भने होइन तर ललिताले आफ्नो मन बसेको ठाउँ छोड्नै सकिनन् । 

‘पहिला घर पायक हुन्छ भनेर युनिकमा जागिर सुरु गरेँ पछि बच्चाहरुसँग लगाव र झुकाव बढ्दै गयो समय वितेको पत्तै भएन ।’ ललिताले सुनाइन । प्राइमरी लेवल टिचरको रुपमा प्रवेश गरेकी ललिता पछिल्लो समय ग्रेड टिचरको रुपमा पदोन्नती भएकी थिइन । 

विद्यालय जाने, बालबालिकासँग खेल्ने, भुल्ने गर्दै जाँदा जिन्दगी त्यत्ति गाह्रो नलागेको उनको बुझाई छ । 

अरु भन्दा पनि बच्चाहरुको तोतेबोलीले मन भुलाउने रिजाल बताउँछिन् । त्यसो त ललिताले नै कखरा सिकाएका अरुण गुप्त अहिले धरानमा डाक्टरी गर्छन त्यतिमात्रै कहाँ हो र कति उनकै विद्यार्थीहरु जर्मनी र युएस समेत पुगेका छन् । तर सबै विद्यार्थीको भविश्य कोर्ने जग भनेको प्रि प्राइमरी लेभल अर्थात एलकेजी र युकेजी नै हो । 

एलकेजी र युकेजीमा जति राम्रो पढाई र सिकाईको लगाव लगाउन सक्यो बच्चाले माथिल्लो लेभलमा त्यत्तिकै मज्जाले पढ्न र सिक्न सक्छ । 

गत असोज महिनामा जागिर बाट विदा भएकी ललितालाई अहिले समय विताउन निकै गाह्रो लाग्छ कति वेला त घर अगाडी विद्यालयको बस देख्ना साथ आफुले के विर्से बिर्से जस्तो लाग्ने उनी बताउँछिन् । 

विद्यालयमा बच्चाको माया पाउनु साथै बेला बेलामा अभिभावकले दिने फिड्व्याक र रेस्पेक्ट अर्थात सम्मान शिक्षकको सबैभन्दा ठुलो उपलव्धि हो । ललिताले ७ सय रुपैँया मासिक तलवबाट शिक्षकको जागिर सुरु गरेकी हुन तर पछिल्लो समयमा  मासिक १६ हजारमा उनको जागिरे यात्रा रोकियो । आफुले अरुका बच्चालाई पढाउँदै आफ्ना २ भाई छोरालाई समेत युनिकमै पढाउन सफल भइन त्यसैलाई ललिताले आफ्नो उपलव्धि मानेकी छन् । 

‘ बच्चाको माया पाउनु नै सबै भन्दा ठुलो उपलव्धि मानेकी छु ।’ललिताले सुनाइन । त्यसो त एक पटक गौरव सरले आफुले पढाएको विद्यार्थी फेल भयो भनेर डर  पनि देखाउनु भएको थियो तर अभिभावकले राम्रो प्रतिक्रिया दिएका कारण सरले त्यसो भन्नु भएको रहेछ । त्यो क्षण ललितालाई अझै यादगर छ । हुन त सबै क्षणहरु यादगर छन् तर त्यो क्षण बिर्सन सकेकी छैन उनले सुनाइन । 

एउटा नीजि विद्यालय अर्थात निजी संस्थामा २५ बर्ष लामो सेवा गर्नु चानचुने कुरा पक्कै होइन । सरकारी सेवा गरेको भए आज ललितालाई पेन्सन सहितको सुविधा हुने थियो तर त्यो भएन नीजी क्षेत्रबाट संचालित कम्पनीहरुमा पनि सामाजिक सुरक्षा कोषमा समाहित गर्न सके लामो सेवा पछि जिवनको उत्तरार्धमा केहि लाभ पक्कै लिनेथिए । 

कहिले कतिपय निजि क्षेत्रले त्यो कार्यान्वायनमा लगे पनि धेरै निजी क्षेत्रमा काम गर्नेहरु सामाजिक सुरक्षा कोषको दायरामा छैनन् । सामाजिक सुरक्षा कोषको बारेमा विद्यालयमा छलफल भएता पनि शिक्षकहरु नै त्यसको पक्षमा खासै नभएको युनिक एकेडेमिका प्रवन्ध निर्देशक राकेश राय सुनाउँछन् । अव चाँडै विद्यालयमा सामाजिक सुरक्षा कोषको अवधारणा लागु गर्ने योजनामा रहेको प्रिन्सिपल उमेश थापा बताउँछन् । त्यसो त ललिता र उनिसँगै रिटायर भएकी तुलसा खत्रीलाई युनिकले जनहि पचास हजार रुपैँयाको चेक हस्तान्तरण गरेको थियो । ललितासँगै रिटायर्ड लिएकी सहपाटी तुलसा खत्रीको हालै दुखद निधन भयो । आफ्नी सहपाटीको निधनको खवरले आफुलाई निकै दुखी बनाएको ललिताले सुनाइन ।