झुम्का जेसिसको बर्ष २०२३ को अध्यक्षमा कमला कार्की बिजयी भएकी छन् । 

शनिवार जेसिसको सचिवालयमा सम्पन्न साधारण सभाबाट कमला कार्कीले सर्वसम्मत अध्यक्षको जिम्मेवारी पाएकी हुन । उनि झुम्का जेसिसको  इतिहाँसमै पहिलो पटक महिला अध्यक्ष भएकी हुन । 



त्यसैगरी यसपालिका झुम्का जेसिसले २ कार्यकारिणि उपाध्यक्ष र चार जना उपाध्यक्ष समेत सर्वसम्मत चयन गरेको छ । 

सर्वसम्मत चयन हुने कार्यकारीणि उपाध्यक्षहरुमा जेसि दिपेश बराइली र रोहित नेपाल छन् भने उपाध्यक्षहरुमा मनिष काफ्ले, भास्कर देवकोटा, मिलन रौनियार र आरवि कट्वाल रहेका छन् । 

झुम्का जेसिसको बाँकि रहेका  पदहरुमा नेतृत्वले मनोनित गरेर पदपुर्ति गर्ने परम्परा छ । सोहि अनुरुप महासचिव, सचिव , कानुनी सल्लाकार लगायतका पदपुर्ति हुन निवर्तमान कार्यसमितिका कार्यकारिणी उपाध्यक्ष जेसि गोविन्द आचार्यले जानकारी दिए ।