उच्च माध्यमिक शिक्षालयहरुको साझा संस्था हिसान नेपालको सुनसरी जिल्लाले आयोजना गरेको हिसान स्पोर्टस मिटको महत्वपुर्ण खेलहरु शुक्रबार बाट शुरु हुने भएका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट–२०७९ को दौड, भलिवल, फुटवल, क्रिकेट लगायतका खेल शुक्रवार देखी सुरु हुने भएको बुधबार एक पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
हिसानले यसबर्ष हिसान रन समेत आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा हिसान सुनसरका अध्यक्ष सागर प्रसाद ढकालले बताए । । इटहरीमा हुने पाँच किलोमिटर लामो दौड धरान रनको प्रबिधिक संयोजनमा गरिने बताइएको छ ।
स्पोर्टस मिट अन्तर्गत फुटबल इटहरी रङ्गशालामा, क्रिकेट इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा र भलिबल पूर्वाञ्चल मावि इटहरीमा हुने मूल संयोजक हेमन्त भण्डारीले बताए । समापन कार्यक्रम भने धरानमा आयोजना गरिने छ सोहि समापनको अवसरमा नेवारी भाषाको नृत्य प्रतियोगिताको आयोजना गरिने भएको छ ।
हिसानले खेल महोत्सव अन्तर्गत यसअघि ब्याडमिन्टन, बास्केटबल, टेबल टेनिस, बुद्धिचाल, वक्तृत्वकला, हाजिरी जवाफ र कविता प्रतियोगिता सम्पन्न गरिसकेको हिसान सुनसरीका सदस्य अर्जुन प्रसाद न्यौपाने बताउँछन् । हिसान स्पोर्टस मिटमा सुनसरी जिल्लाभरिका २ हजार २ सय विद्यार्थीको सहभागिता जनाउने बताइएको छ ।
हिसान स्पोर्टस मिटको समापनकै अवसरमा एक जना पत्रकारलाई शिक्षा पत्रकारीता पुरस्कारबाट सम्मान गरिने र एक जना शिक्षा सेवीलाई लाइभटाइम अवार्डबाट समेत सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

0 Comments