, पोखरा । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पर्वतको कुस्मामा भइरहेको आइटिएफ तेक्वान्दोमा प्रदेश एकलाई २ स्वर्ण पदक मिलेको छ । 



मंगलबार बिहान भएको ५५ केजी तलमा प्रदेश एककी कुसुम राजवंशीले एउटा स्वर्ण पदक दिलाएकी छन् भने मंगलबार साँझ भएको अर्को प्रतियोगितामा ७१÷ ७५ केजी तौल समुहमा प्रदेश एकका रोशन मगरले पनि स्वर्ण पदक जितेका छन् । हालसम्म प्रतियोगिता जारी रहेकाले आइटिएफ तेक्वान्दो तर्फ अरु पदक आउने तेक्वान्दोका प्रविण कार्कीले जानकारी दिएका छन् । 

योसँगै हालसम्मको प्रतियोगिताको आधारमा प्रदेश एकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ५ स्वर्ण पदक बनाएको छ । मंगलबार साँझ सम्म राष्ट्रिय खेलकुद परिषदले गरेको अपडेट अनुसार प्रदेश एक सातौँ स्थानमा छ । सात प्रदेश तीन बिभागिय टिम र एनआरएन गरी ११ वटा समुहले राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएका छन् ।